नियम ५
सरकारी माल सामानहरूको सोध भर्ना गर्ने तथा झिक्ने
(१) भागी जाने व्यक्तिले एक्स्ट्रा इस्यूको लुगा कपडा समेत लिई गएको रहेछ भने पुगेसम्म लिलाम भई आएको तथा फण्डमा जम्मा भएको रुपैयाँबाट कटाई र नपुग भएमा तलब भए तलब समेतबाट मोल कट्टा गरी सो व्यहोरा जनाई नेपाल राष्ट्र बैंकमा दाखिल गर्नु पर्दछ, त्यसरी जम्मा भएको रुपैयाँको भाउचर सो व्यक्तिको फाइलमा संलग्न गरी राख्नु पर्छ ।
(२) उप–नियम (१) बमोजिम मोल कट्टा गर्दा पनि नपुग भएमा सो सबै व्यहोरा देहायका पदाधिकारीहरू समक्ष पेश गर्नु पर्छ । निजहरूलाई मिन्हा दिने अधिकार पनि हुनेछ ।
(क) जङ्गी अड्डाको भए प्रबन्ध रथी, र
(ख) वाहिनी, फर्मेशन, डिपो, गण, गुल्महरूको भए सम्बन्धित वाहिनी पति ।